थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६ | थोक मुल्य जानकारीको लागि १६१८०७०७६६६६६

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति

नेपाल सरकारले सञ्चालन गर्ने गरेको सबैभन्दा ठूलो फलफूल र तरकारी कमोडिटी बजारमा स्वागत छ

सन् १९९५ देखि नेपाली उपभोक्ता हितमा बजार नियमन गरिराखिएको छ

लामो समयदेखि काठमाडौं उपत्यका तथा अन्य क्षेत्रको तरकारी तथा फलफूलहरुको वेचविखन गर्ने थलोको रुपमा रहदै आएको कालीमाटी बजार वि.सं. २०४३ आश्विन १५ गते देखि तत्कालिन खाद्य तथा कृषि बजार सेवा विभाग अन्तर्गत सञ्चालनमा आएको थियो । बजार सञ्चालनको क्रममा बजार आगमन र कारोबारको स्थितिमा भएको विस्तार एवं बजार प्रयोगकर्ताहरुको बढ्दो चापलाई मध्यनजर गरी नेपाल सरकार तथा संयुक्त राष्ट्रसंघीय पूँजी विकास कोष (UNCDF) को सहयोगमा हालका अधिकांश संरचना निर्माण भएका हुन् ।

कालीमाटी तरकारी बजारको निर्माण तथा व्यवस्थापनको लागि एउटा स्वायत्त निकायको आवश्यकता महशुस गरी नेपाल सरकारद्वारा विकास समिति ऐन-२०१३ अन्तर्गत वि.सं. २०५१ फागुन १ गते "कालीमाटी फलफूल तथा तरकारी थोक बजार विकास समिति (गठन) आदेश, २०५१" जारी गरियो । समितिको कार्य क्षेत्रलाई विस्तार गर्ने अभिप्रायले नेपाल सरकारले वि.सं. २०५८ चैत्र १९ गते साविकको आदेश खारेज गरी सोही ऐन अन्तर्गत "कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति(गठन) आदेश, २०५८" जारी गरी सोही अनुसार संघीय संरचना बमोजिम यस समितिलाई संघ अन्तर्गतको निकाय कायम गरिएको छ । नेपाल सरकारबाट निर्माण भएको कृषि उपज बजार बालाजु २०६२ असार महिना देखि समितिले सञ्चालन गर्दै आएको छ।

कार्यकारी निर्देशकको सन्देश

सन् १९९५ देखि नेपाली उपभोक्ता हितमा बजार नियमन गरिराखिएको छ

member

कालीमाटी फलफूल तथा तरकारी बजारमा तपाईलाई स्वागत गर्न पाउँदा मलाई असाध्यै खुशी लागेको छ ।

व्यापक विश्वव्यापीकरणको वर्तमान प्रक्रियामा, हामी कालीमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले हाम्रो संस्थाको सफलताको लागि नेपालको बजार आवश्यकता पूरा गर्नु आवश्यक छ भनी बुझ्दछौं। हामी भन्न सक्छौं कि हामीले विगतमा अनुभव गरेका वर्षहरू महत्त्वपूर्ण वर्षहरू हुन् र हामीले कालीमाटीको बजार विकासमा ध्यान केन्द्रित गर्न हाम्रो उत्कृष्ट कार्यसम्पादनलाई गहन रूपमा वितरण गरेका छौं भन्ने स्पष्ट देखिन्छ।

साथै, हामी कालीमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले यस दिन र युगमा किसानलाई आवाज उठाउनको लागि सशक्तिकरण गर्ने उद्देश्यले विकास, सशक्तीकरण र चेतनाको लागि गहन प्रयास गर्नेछौं।

डा. महादेब प्रसाद पौडेल

कार्यकारी निर्देशक

हाम्रो इतिहास

नेपालमा कालीमाटी तरकारी र फलफूल बजारको समृद्ध इतिहासको बारेमा जान्नुहोस्

असार १५, बि. स. २०४३

बजार स्थापना

खाद्य तथा कृषि बजार सेवा विभागले वि. सं. १५ आश्विन २०४३ मा बजार स्थापना गरेको हो ।

बि.स २०४५-२०५०

बजार विस्तार

माग बढेपछि नेपाल सरकार र यूएनसीडीएफले बजारको पूर्वाधारको स्तरोन्नति गरेको हो

बि. स २०५१

Introduction of Kalimati Market Bill

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मन्त्रिपरिषद्मा बजारलाई व्यवस्थित गर्न विधेयक पारित भएको हो

बि. स. २०५८

विधेयक संशोधन

बि. स. २०५८ सालमा बजारलाई संघीय सरकारको मातहतमा राख्ने गरी विधेयक परिमार्जन गरिएको थियो

कुनै गुनासो, प्रतिक्रिया वा सुझाव छ?